Sunday May 19, 2024
BS 2081 Jestha 7
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द

Feb 20, 2017 under Business/Economy 516 , National 834 , Business/Economy 516

काठमाडौं । ट्याङ्कर चालकको हड्ताल र सार्वजनिक विदाका कारण २ दिन पेट्रोलियम पदार्थको आपूर्ति बन्द भएपछि आइतबार उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

नेपाल आयल निगमले आपूर्ति नगरेपछि उपत्यका अधिकांश पेट्रोल पम्प आज बन्द भएका छन् । शुक्रबार ट्याङ्कर चालकको आन्दोलनले गर्दा राजधानीमा पेट्रोलियम आपुर्ति बन्द भएको थियो ।

यस्तै शनिबार विदा भएकाले पेट्रोलियम पदार्थ अपलोड नहँुदा उपत्यकामा अभाव भएको हो । २ दिन आपूर्ति बन्द भएपछि उपत्यकामा पेट्रोलियमको अभाव चर्कने गरेको छ ।  

यता आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको प्रवक्ता भानुभक्त खनाल बताउँछन् । “शुक्रबार हड्ताल र शनिबार विदाले आपूर्तिमा केही असर गरेको हुन सक्छ,” उनले भने “आज पेट्रोलियम आपूर्ति हुन्छ, अभाव हुँदैन् ।” 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर नोक्सान थपिँदै गएको जानकारी दिँदै उनले फेब्रुअरी अन्त्यमा भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) नयाँ मूल्यसूची आएपछि भाउ बढ्ने वा नबढ्ने स्पष्ट हुने उनले जानकारी दिए ।  à¤¯à¥‹ महिनादेखि निगमको घाटा ८ करोड रुपैयाँ बढेर कुल ५७ करोड रुपैयाँ पुग्ने भएको छ । यसअघि घाटा मासिक ४९ करोड रुपैयाँ थियो । 

अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढेपछि यसको असर निगमलाई परेको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेलमा ४० पैसा घाटा भएको छ । पेट्रोलमा प्रतिलिटर ५६ पैसा नाफा ४० पैसा मूल्य बढेपछि नाफा घटेर १६ पैसामा झरेको छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा, डिजेलको ७७ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्याँस १ हजार ३२५ रुपैयाँ छ । लगातार नोक्सानमा रहेको निगम पछिल्लो १ वर्षयाता नाफामा सञ्चालन भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नोक्सानमा जान थालेको हो । 

Baarakhari.com
No news.
Australian Dollar to Nepalese Rs